पालुङटार नगरपालिका–७ च्याङ्लीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०८२ को अवसरमा “प्रविधिको सहि प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” विषयक महिला समूहहरूबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ।

कार्यक्रमको अध्यक्षता वडा महिला सञ्जाल अध्यक्ष उषा पाण्डेले गर्नुभएको थियो। सो कार्यक्रममा पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तन प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने उपप्रमुख वन्दना पाण्डे विशेष अतिथि रहनुभएको थियो।

प्रतियोगितामा ८ जना सहभागीमध्ये विष्णु माया रानाले प्रथम स्थान हासिल गर्न सफल भएकी छन्। त्यस्तै, कमला काराखेती द्वितिय, सृजना कडेल तृतीय तथा अप्सरा सुनारले सान्त्वना स्थान प्राप्त गरेकी छन्।

लैङ्गिक हिंसा रोकथाम तथा सचेतना फैलाउने उद्देश्यले आयोजित यो कार्यक्रमले महिलाहरूलाई प्रविधिको सुरक्षित र सही उपयोगबारे थप प्रेरणा मिलेको आयोजकहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *