उनी लामो समयदेखि मधुमेहका बिरामी थिए । पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित थिए ।

१५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) शाहका पिता रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा शाहको आज मध्यान्ह ७७ वर्षको उमेरमा निधन भएको थियो । उनी लामो समयदेखि मधुमेहका बिरामी थिए । पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित थिए ।दाहसंस्कारमा मेयर बालेन भावविह्वल देखिए । अस्पतालका अनुसार उनको आज मध्याह्न १२ बजेर २० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए । त्यसअघि प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर भेटेकी थिइन् । बालेनलाई पितृशोक परेको खबरपछि सरकारका मन्त्री, नेता, समर्थकहरू अस्पतालदेखि आर्यघाटसम्म पुगेका थिए । ऊर्जा, शहरी एवं भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ पनि पशुपति आर्यघाट पुगेका थिए ।
त्यस्तै, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले पनि पशुपति आर्यघाटमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।